शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने #सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने
समाचार राजनीति

माधव नेपाल र बामदेव गौतमबीच भेटवार्ता, एकता प्रकृयाका विषयवस्तुबारे छलफल

· सोमबार, १६ पुस, २०८१ मा प्रकाशित
माधव नेपाल र बामदेव गौतमबीच भेटवार्ता, एकता प्रकृयाका विषयवस्तुबारे छलफल
काठमाण्डौँ , पुस १६ :

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता  भएको छ ।

आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आज भएको भेटवार्तामा पार्टी एकताका लागि वैचारिक दृष्टिकोण, एकतापछि नेताहरुको जिम्मेवारी व्यवस्थापन तथा समसामयिक राजनीतिक विषयवस्तुबारे छलफल भएको थियो ।

बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि दुवै नेताहरुले गरेका प्रयास, कार्यदिशा तयार गर्ने लगायत विषयमा छलफल भएको पार्टी प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।

जनताको बहुदलीय जनवाद पार्टीको मार्ग दर्शन तथा सैद्धान्तिक दृष्टिकोण हुनुपर्ने मुल विषयलाई एकता राष्ट्रिय अभियानले प्रस्ताव गरेको छ । 

एकीकृत समाजवादीले अगाडि सारेको २१औँ शताब्दीको समाजवादी कार्यक्रममा केही बुँदा थपघट गरी जनताको बहुदलीय जनवादलाई समेट्न सकिने तथा एकता प्रकृयालाई दीर्घकालीन बनाउन उहाँहरूबीच छलफल भएको उपप्रमुख अर्यालले जानकारी दिनुभयो । 

समान राजनीतिक दृष्टिकोण राख्ने दल तथा वैचारिक रुपमा निकट रहेका समूहहरुलाई एकीकृत गरी कम्युनिष्ट आदर्श तथा कम्युनिष्ट आन्दोलनलाई थप सशक्त बनाउने कार्ययोजना एकीकृत समाजवादीले हालै सम्पन्न महाधिवेशनबाट पारित गरेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार