बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
समाचार अर्थतन्त्र सेयर बजार

नेप्से परिसूचक २१ अङ्कले घट्यो

· आइतबार, १५ पुस, २०८१ मा प्रकाशित
नेप्से परिसूचक २१ अङ्कले घट्यो
काठमाण्डौँ , पुस १५ :

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव १२ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएको छ ।

आज तीन सय १६ कम्पनीको एक करोड १० लाख ९९ हजार दुई सय ३९ कित्ता शेयर ६६ हजार सात सय ७४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ४७ करोड ४८ लाख ६८ हजार सात सय ६४ बराबरको कारोबार भएको हो ।

लघुवित्त एक दशमलव १२, म्युचुअफ फन्ड शून्य दशमलव १८ र अन्य समूह शून्य दशमलव २९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । वित्त समूह सबैभन्दा धेरै चार दशमलव ४७ र विकास बैङ्क समूह दुई दशमलव ६५ प्रतिशतले घटेको छ । 

बैङ्किङ शून्य दशमलव ८७, होटल तथा पर्यटन शून्य दशमलव ६१, जलविद्यूत् एक दशमलव ७३, लगानी शून्य दशमलव ६६, जीवन बीमा शून्य दशमलव २९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८१, निर्जीवन बीमा शून्य दशमलव १२ र व्यापार समूह एक दशमलव ०३ प्रतिशतले घटेको छ ।

आज पाँच वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सपोर्ट माईक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैङ्क लिमिटेड, जानकी फाईनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैङ्क लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको रू २६ करोड १० लाख ८२ हजार छ सय ६४ बराबरको १० लाख ६५ हजार छ सय ५५ कित्ता शेयर किनबेच भएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार