शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित #कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित
समाचार राजनीति

पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय

· बुधबार, ११ पुस, २०८१ मा प्रकाशित
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय
पर्सा, पुस ११ :

सङ्घीय मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । 

भूमिसुधार तथा मालपोत र नापी कार्यालय ग्रामीण भेगका सेवाग्राहीका निम्ति अपायक भएकाले सरकारले पोखरियामा मालपोत र नापी कार्यालय स्थापनाको निर्णय गरेको हो । 

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सामाजिक सञ्जालमार्फत दुई कार्यालय स्थापनाबारे भएको निर्णय सार्वजनिक गर्दै “यो महत्त्वपूर्ण कदमले पोखरिया लगायत  ग्रामीण भेगमा बसोबास गर्ने सम्पूर्ण गाउँवासीलाई सरकारी सेवामा सहज पहुँच पुर्याउन ठूलो सहयोग पुग्ने मेरो विश्वास  छ”, भन्नुभएको छ ।  

खानेपानीमन्त्री प्रदीप यादवले पनि मन्त्रिपरिषद् बैठकले पर्सामा जनसङ्ख्याको चाप, सेवाको अवस्था एवं लागतलाई विश्लेषण गरेर सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन पोखरियामा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने निर्णय भएको सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार