शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र कृषि

चितवनमा भोलिदेखि ‘मह उत्सव’ हुँदै

· बुधबार, ११ पुस, २०८१ मा प्रकाशित
चितवनमा भोलिदेखि  ‘मह उत्सव’ हुँदै
चितवन, पुस ११ :

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि भोलिदेखि पुस १५ गतेसम्म चितवनमा मह उत्सव आयोजना गर्ने भएको छ ।
 
परियोजनाका मौरी जोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्रीकक्ष राखेर त्यहाँ आउने जोकोहीलाई मह चखाइने छ ।
 
परियोजनाले मौरी जोन अन्तर्गतका मौरीपालक उद्यमी किसानका उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले बजारीकरण, ‘प्याकेजिङ, लेबलिङ’ मा सहयोग गर्दै आएको छ । 
 
आर्थिक वर्ष २०७५- ७६ देखि  चितवनमा मौरी जोन स्थापना भएको हो । नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिव शर्माले मह उत्सवले मौरीपालक किसानमा उत्साह भरेको बताउनुभयो । 

चितवनमा गत वर्ष आठ सय मेट्रिक टन मह उत्पादन भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार