शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित #कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित
समाचार

नेपाल जेसिजको अध्यक्षमा रजनी थापा निर्वाचित 

· मंगलबार, १० पुस, २०८१ मा प्रकाशित
नेपाल जेसिजको अध्यक्षमा रजनी थापा निर्वाचित 
सुनसरी, पुस १० :

नेपाल जेसिजको अध्यक्षमा रजनी थापा निर्वाचित हुनुभएको छ । 

इटहरीको जनता माविमा सोमबार भएको निर्वाचनको अन्तिम मत परिणाम आज बिहान सार्वजनिक गरिएको हो । 

थापा सात सय ६२ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँका  निकटतम प्रतिस्पर्धी जीवन कार्कीले चार सय ५३ मत प्राप्त गर्नुभएको महाधिवेशन आयोजनाका निर्देशक दीपक ढकालले जानकारी दिनुभयो ।

यसैगरी, कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित हुनुभएको छ भने उपाध्यक्ष पदका लागि सन्दीप खत्री, दीपक अधिकारी, सुमित्रा भट्टराई, धनराज कँडेल, सुजन थापा काजी, सङ्गम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, उज्ज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी हुनुभएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार