शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

गोरखा नगरपालिकाद्वारा जन्मदेखि मृत्यु संस्कारसम्म निःशुल्क सेवा उपलब्ध 

· सोमबार, ९ पुस, २०८१ मा प्रकाशित
गोरखा नगरपालिकाद्वारा जन्मदेखि मृत्यु संस्कारसम्म निःशुल्क सेवा उपलब्ध 
गोरखा, पुस ९ :

गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि विभिन्न सेवा निःशुल्क रुपमा उपलब्ध गराएको छ । 

सेवा अन्तर्गत गर्भवतीलाई सुत्केरी हुन अस्पताल ल्याउनेदेखि अन्येष्टिका लागि आवश्यक सहयोग रहेका छन् । 

गर्भवतीलाई नवजात शिशु जन्माउन निःशुल्क अस्पताल पुर्‍याइदिने र सुत्केरी भएपछि घरसम्म ल्याइदिने काम नगरपालिकाले गर्दै आएको नगरप्रमुख कृष्णबहादुर रानामगरले बताउनुभयो ।

नगरवासीको निधन भएमा अन्त्येष्टिका लागि घाटमा आवश्यक पर्ने दाउरासम्म नगरपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

नगरपालिकाले गोरखा अस्पतालको विभिन्न सेवा सहित आयुर्वेदिक तथा आँखाको उपचार निः शुल्करुपमा गर्नसक्ने व्यवस्था मिलाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार