शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

रुबीभ्यालीका तत्कालीन प्रमुख अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर

· सोमबार, ९ पुस, २०८१ मा प्रकाशित
रुबीभ्यालीका तत्कालीन प्रमुख अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर
काठमाण्डौँ , पुस ९ :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुबीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टङ्कबहादुर नेगी, वडाध्यक्ष प्रशान्त तामाङ, उपभोक्ता समितिका अध्यक्ष समेत गरि आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

शाखा सडक निर्माण कार्यमा अनियमितता गरेको पाइएकाले उनीहरु विरुद्ध आइतबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेगी, इन्जिनियर सुदीप रेग्मी, लेखापाल बाबुलाल नेगी र असिस्टेन्ट सव इन्जिनियर लालमान तामाङ विरुद्ध रु १० लाख ८९ हजार नौ सय ८९ बराबरको बिगो दाबी गरेको छ ।

यसैगरी, रुबीभ्याली गाउँपालिकाका- ४ का तत्कालीन वडाध्यक्ष प्रशान्त तामाङ विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना माग गरिएको छ । 

स्थानीय पागोदेखि स्कूलसम्म शाखा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सन्जिव तामाङ र कोषाध्यक्ष सञ्चामाया तामाङविरुद्ध पनि रु १० लाख ८९ हजार नौ सय ८९ बराबर बिगो माग गर्दै मुद्दा दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार