शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित #कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित
समाचार

पोर्चुगलमा फ्रान्सस्थित नेपाली दूतावासद्वारा कन्सुलर सेवा पनि दिन सुरु

· शुक्रबार, ६ पुस, २०८१ मा प्रकाशित
पोर्चुगलमा फ्रान्सस्थित नेपाली दूतावासद्वारा कन्सुलर सेवा पनि दिन सुरु
फाइल फोटो
पोर्चुगल, पुस ६ :

पोर्चुगलमा विद्युतीय राहदानी (ई- पासपोर्ट) वितरण गर्न आएको फ्रान्सस्थित नेपाली दूतावासको टोलीले कन्सुलर सेवा पनि दिन सुरु गरेको छ ।

टोलीले बुधबारदेखि लिस्बनस्थित ओलाइसमा सञ्चालित घुम्ती शिविरबाट कागजात प्रमाणीकरण लगायत कन्सुलर सेवा दिन सुरु गरेको हो ।

पहिलो दिन एक सय पाँचवटा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) र ३९ वटा अन्य कागजात प्रमाणीकरण गरिएको टोलीले जनाएको छ भने थप ३७ वटा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि सङ्कलन गरिएको छ ।

प्रहरी रिपोर्ट लगायत कागजात प्रमाणीकरण सम्बन्धी समस्यामा परेका नेपालीको सहजताका लागि शिविर अवधि थप गरेर कन्सुलर सेवा दिन सुरु गरिएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिनुभयो ।

टोलीले अधिकृत वारेसनामा प्रमाणीकरण बाहेकका अन्य प्रहरी चारित्रिक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणित, जन्मदर्ता, विवाह दर्तालगायत सम्पूर्ण कागजात प्रमाणीकरण सम्बन्धी कन्सुलर सेवा प्रदान गर्ने राजदूत भट्टराईले बताउनुभयो । 

बाह्र डिसेम्बरदेखि सञ्चालन भएको राहदानी वितरण शिविरबाट बुधबारसम्म दुई हजार चार सय १० वटा विद्युतीय राहदानी वितरण गरिएको र बाँकी रहेका राहदानी वितरणको प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । 

टोलीले डिसेम्बर २१ तारिखसम्म राजधानी लिस्बनमा रहेर कन्सुलर सेवा प्रदान गर्ने दूतावासले जनाएको छ । घुम्ती शिविर मार्फत राहदानीसँगै कन्सुलर सेवा पाउँदा विशेषतः आवास अनुमतिपत्र (रेसिडेन्सी कार्ड) का लागि बायोमेट्रिकको प्रक्रियामा रहेका नेपालीहरू बढी लाभान्वित भएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार