शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइने छः गृहमन्त्री लेखक

· बिहीबार, ५ पुस, २०८१ मा प्रकाशित
सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइने छः गृहमन्त्री लेखक
चितवन, पुस ५ :

गृहमन्त्री रमेश लेखकले देशको कानुन अनुसार सबैमाथि समान रूपमा व्यवहार गरिने दोहोर्‍याउँदै आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

चितवनमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइने बताउनुभयो । सहकारी ठग्नेहरू उपर निष्पक्षतापूर्वक छानबिन गरिने तथा दोषीमाथि कारबाही हुने उहाँले बताउनुभयो । 

फरक प्रसङ्गमा गृहमन्त्री लेखकले वर्तमान सरकार परिवर्तन नहुने र मन्त्री पनि हेरफेर नहुने बताउनुभयो । वर्तमान समीकरण २०८४ सालसम्म रहने बताउनुभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार