शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

मेलम्चीको पानी आपूर्तिका लागि बिच्छ्याइएका पाइप लाइनको काम चाँडो सक्न निर्देशन

· बिहीबार, ५ पुस, २०८१ मा प्रकाशित
मेलम्चीको पानी आपूर्तिका लागि बिच्छ्याइएका पाइप लाइनको काम चाँडो सक्न निर्देशन
काठमाण्डौँ , पुस ५ :

खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिच्छ्याइएका ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन दिनुभएको छ ।

स्थानीय इन्द्रचोक, जनवहाल, नयाँसडक, असन लगायत स्थानमा जरी पाइपलाइनको कामको आज निरीक्षण गरेपछि उहाँले निर्देशन दिनुभएको हो । साथै उहाँले चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । 

गुणस्तर सुनिश्चित नहुँदा धेरै स्थानमा पानी चुहिएको र पानी चुहिएका स्थानमा यथाशीघ्र मर्मत सम्भार गर्न पनि उहाँले निर्देशन दिनुभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार