शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित #कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित
समाचार

उधौली चाड हर्षोल्लासका साथ मनाइयो

· आइतबार, १ पुस, २०८१ मा प्रकाशित
उधौली चाड हर्षोल्लासका साथ मनाइयो
काठमाण्डौं, पुस १ :

किराँत समुदायले उधौली चाड हर्षोल्लासका साथ मनाएका छन् ।

ललितपुर महानगरपालिका–१४ नखिपोटमा किराँत राई यायोक्खा समुदायले साकेला सिली नाच्दै उत्साहका साथ उधौली चाड मनाएका हुन् । यस चाडको उपलक्ष्यमा किराँत राई यायोक्खा,ललितपुर जिल्ला कार्यसमितिले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

किराँत समुदायका युवतीहरू आफ्नो मौलिक वेशभूषा र गहनामा सजिनाका साथै युवाहरू दौरासुरुवाल र टोपीमा सजिएर ढोल र झ्याम्टा बोकेर साकेला नाच्दा माहोल उल्लासमय देखिन्थ्यो । 

उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे)लाई धन्यवाद दिने गरिन्छ ।

समितिका अध्यक्ष भूपेन्द्र पुमा राईले भन्नुभयो, “आजका दिन प्रकृतिले राम्रो साथ दियो भन्ने अर्थमा प्रकृतिलाई पूजा गरिन्छ र धन्यवाद दिइन्छ । उभौलीमा अन्न बाली छरिन्छ, रोपिन्छ । त्यो उधौलीमा उठाइन्छ र पितृ पुर्खालाई चढाउने काम हुन्छ ।”

हरेक वर्षको मङ्सिर पूर्णिमाका दिन मनाइने उधौली चाडलाई किराँत समुदायमा फरक–फरक नाम दिए पनि समग्रमा उधौलीको नामले चिनिन्छ ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार