शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

पर्सा प्रहरीले रास्वपाका सभापति लामिछानेको बयान सकेर पोखरा पठायो

· बुधबार, २७ मंसिर, २०८१ मा प्रकाशित
पर्सा प्रहरीले रास्वपाका सभापति लामिछानेको बयान सकेर पोखरा पठायो
पर्सा, मंसिर २७ :

पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ । 

उनीसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा हाल सिमरा विमानस्थलमा रहेको जनाएको छ ।
 
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले लामिछानेसँग बयान लिएको थियो । 

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख किशोर लम्सालले अभियुक्त लामिछानेलाई सिमराबाट काठमाण्डौँ हुँदै कास्की पुर्‍याइने जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार