बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

जातीय विभेद विरुद्ध बेलायती शहरहरुमा व्यापक प्रदर्शन

· बिहीबार, २५ साउन, २०८१ मा प्रकाशित
UK Anti Racism
BBC
साउन २५ :

बिबिसी- वेलायतमा जातीय तथा आप्रवासीहरुले जारी राखेको हिंसात्मक आन्दोलनको विरुद्ध प्रतिर्‍यालीहरु निकालिएका छन । 

 एक हप्ताको दंगा र अराजकतापछि बेलायतीहरुले जातीय विभेद विरुद्धको नारा लगाउँदै विभिन्न शहरहरुमा विरोध र्‍याली र सभा गरेका हुन । 

विरोध प्रदर्शनमा हजारौं प्रदर्शनकारीहरू सहभागी भएका छन ।

उत्तरी लन्डन, ब्रिस्टल र न्यूकासलसहित आप्रवासीहरुको बसोबास भएको ठाउँहरुमा शान्तिपूर्ण जुलुस निकालिएको हो ।

प्रदर्शनकारीहरूले शरणार्थीलाई स्वागत छ भन्ने ब्यानरसहित नारा पनि लगाएका थिए ।

बेलायतको साउथपोर्टमा गत जुलाई २९ मा तीन जना बालिकाहरुलाई छुरा प्रहार गर्ने संदिग्ध मुस्लिम शरणार्थी थिए भन्ने गलत जानकारी सामाजिक संजालमा आएसँगै दंगा भड्किएको थियो ।

दंगाकै क्रममा मस्जिद, होटेल तथा आप्रवासीहरु रहेको बस्तीमा तोडफोड र आगजनीका घटना भएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार