बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार राजनीति विदेश

राष्ट्रपति अल असद दमास्कसबाट भागेको छैन : सिरिया सरकार

· शनिबार, २३ मंसिर, २०८१ मा प्रकाशित
राष्ट्रपति अल असद दमास्कसबाट भागेको छैन : सिरिया सरकार
काठमाण्डौं, मंसिर २३ :

सिरियाली विपक्षी समूहले सिरियाको सरकार नियन्त्रित राजधानी दमास्कसलाई घेरा हाल्न थालेको बताएका छन् ।

सिरियाली सेनाले विपक्षी लडाकुका रूपमा दक्षिणी क्षेत्रका अधिकांश भागबाट पछि हटेको समाचारमा जनाइएको छ तर रक्षा मन्त्रालयले ती दाबीको खण्डन गरेको छ ।

सिरियाली सरकारी सेना र उसको सहयोगी रुसले गरेको हवाई आक्रमण र गोलाबारीमा होम्स शहर नजिकै कम्तीमा सात जना सर्वसाधारणको मृत्यु भएको छ ।

राष्ट्रपति बशर अल असदको सरकारले अलेप्पो,हामा र डेरा लगायत प्रमुख सहरमाथिको नियन्त्रण गुमाइसकेको समाचार छ ।

सिरियाली सरकारले राष्ट्रपति बशर अल असद दमास्कसबाट भागेको भन्ने समाचारको खण्डन गरेको छ ।

सिरियाली विपक्षी लडाकुहरू सन् २०१८ मा सरकारी सेनाले कब्जामा लिएपछि पहिलो पटक राजधानी दमास्कसको उपनगरमा पुगेको विपक्षी कार्यकर्ता र एक विद्रोही कमाण्डरले  बताएका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार