कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल विजयी हुनुभएको छ ।
आइतबार भएको उपनिर्वाचनको आज सम्पन्न मतगणनामा डङ्गोलले पाँच हजार तीन सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
डङ्गोलका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शिवशरण महर्जनले चार हजार पाँच सय ५५ मत प्राप्त गर्नुभयो । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डा सुरेन्द्र मानन्धरले चार हजार तीन सय ३७ मत प्राप्त गर्नुभयो ।
विसं २०७९ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको मृगौलासम्बन्धी रोगबाट गत साउन १० गते निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
साथै स्वतन्त्र उम्मेदवारहरु राजमान महर्जनले दुई हजार ३६ र कविकुमार महर्जनले एक हजार तीन सय १४, दिनेशकुमार अधिकारीले एक हजार ४८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव महर्जनले नौ सय ९५ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै डङ्गोलले नगरको व्यवस्थित विकासका लागि कदम चाल्ने र सार्वजनिक सेवालाई चुस्त बनाउने प्रतिबद्धता जनाउनुभयो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’