बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
समाचार अर्थतन्त्र सेयर बजार

नेप्से परिसूचक दोहोरो अङ्कको १० अर्ब भन्दा बढीको कारोबार

· सोमबार, १८ मंसिर, २०८१ मा प्रकाशित
नेप्से परिसूचक दोहोरो अङ्कको १० अर्ब भन्दा बढीको कारोबार
मंसिर १८ :

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । परिसूचक १९ दशमलव ९७ अङ्कले बढेर दुई हजार सात सय ५८ दशमलव ०४ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १४ कम्पनीको दुई करोड ३० लाख ११ हजार तीन सय ६१ कित्ता शेयर एक लाख तीन हजार चार सय ८१ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ५४ करोड १७ लाख ४६ हजार पाँच सय ६४ बराबरको कारोबार भएको छ ।

बैङ्किङ शून्य दशमलव ५९, विकास बैङ्क एक दशमलव ७२, वित्त एक दशमलव ९७ र अन्य समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै व्यापार समूह नौ दशमलव ७० र होटल तथा पर्यटन समूह चार दशमलव ९९ प्रतिशतले बढेको छ ।

 त्यस्तै, जलविद्युत् शून्य दशमलव ६२, लगानी शून्य दशलमव ६०, जीवन बीमा एक दशमलव ९१, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १५, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ४१ र निर्जीवन बीमा शून्य दशमलव २० प्रतिशतले बढेको छ ।

    तारागाउँ होटल रिजेन्सी लिमिटेड, विशालबजार कम्पनी लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा आठ दशमलव ७२ प्रतिशतको गिरावट देखिएको छ ।।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार