
महोत्तरी, मंसिर १८ :
विद्युत् सट भई आगलागी हुँदा बर्दिबास नगरपालिका- १४ मा एक करोड बढीको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिबास- जलेश्वर सडकको औरहीरोडस्थित न्यू दुर्गा इलेक्ट्रिक सप्लायर्स पसलमा गएराति आगलागी हुँदा विद्युतीय सामान जलेर नष्ट भएको हो ।
रामसेवक महतोको तीनतले घरको भूइँतलाका १३ वटा सटर मध्ये छ वटामा राखिएका सामान आगलागीबाट जलेका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १३ का सहाजिस नदाफले घर भाडामा लिइ विद्युतीय सामानको पसल सञ्चालन गर्दै आएका थिए ।
स्थानीय, सेना र प्रहरीका साथै रामगोपालपुर नगरपालिकासहितको चारवटा दमकल प्रयोग गरी आगो निभाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।