
काठमाण्डौँ , मंसिर १८ :
काठमाण्डौँको वडा १६ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ विजयी हुनुभएको छ ।
रास्वपाकी श्रेष्ठले १५ सय ८४ मत ल्याएर निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका देवेन्द्र पाठकले १३ सय ४ मत प्राप्त गर्नुभयो ।
एमालेका लक्ष्मीरत्न तुलाधरले १२ सय १८ मत पाउनुभयो। नेकपा एकीकृत समाजवादी (एस) का मीनबहादुर मानन्धरले ६५१ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत प्राप्त गर्नुभयो ।
स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ३१४ मत पाउँदा अर्का स्वतन्त्र सम शाक्यले ११८ मत ल्याए।
विजयी भएसँगै श्रेष्ठ काठमाण्डौँ महानगरपालिकाको एक मात्र महिला वडाअध्यक्षको रूपमा पनि स्थापित हुनुभएको छ।