शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने #सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने
समाचार राजनीति

कीर्तिपुर र काठमाडौँ-१६ मा मतगणना जारी

· सोमबार, १८ मंसिर, २०८१ मा प्रकाशित
कीर्तिपुर र काठमाडौँ-१६ मा मतगणना जारी
काठमाण्डौँ , मंसिर १८ :

काठमाडौँका दुई स्थानीय तहमा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ ।

आज बिहान ४ बजेसम्मको विवरण अनुसार काठमाडौँ, महानगरपालिका वडा नं १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रोजिना श्रेष्ठले एक हजार तीन सय पाँच मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ ।

यस्तै, नेपाली कांग्रेसका देवेन्द्र पाठकले एक हजार एक सय १० मत प्राप्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लक्ष्मीरत्न महर्जनले आठ सय ४५, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामकृष्ण महर्जनले पाँच सय ८६ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का मीनबहादुर मानन्धरले पाँच सय ७२ मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ ।

साथै कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि भएको निर्वाचनको मतगणना जारी छ  । निर्वाचन आयोगका अनुसार प्रमुख पदका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डङ्गोलले चार सय ६४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, स्वतन्त्र उम्मेदवार राजमान महर्जनले तीन सय ५५, नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले तीन सय ३४, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुरेन्द्र मानन्धरले तीन सय २७ मत प्राप्त गर्नुभएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार