शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने #सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने
समाचार राजनीति

रुकुम पश्चिमको सानीभेरी-५ मा कांग्रेसका मोतीराम खत्री विजयी

· आइतबार, १७ मंसिर, २०८१ मा प्रकाशित
रुकुम पश्चिम, मंसिर १७ :

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ को अध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री विजयी हुनुभएको छ ।

आज भएको उपनिर्वाचनमा कांग्रेसका खत्रीले पाँच सय ९० मत प्राप्त गर्नुभइ विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जसीराम बस्नेतले पाँच सय ३७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद बस्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार १९ मत बदर भएको थियो । कूल एक हजार चार सय ३४ मतदाता रहेकामा एक हजार एक सय ४६ मत खसेको थियो ।

वडा अध्यक्ष अलबहादुर खत्रीको गत वर्ष उपचारका क्रममा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । अध्यक्षमा निर्वाचित मोतिराम अलबहादुरका भाइ हुनुहुन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार