बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा #गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा
प्रदेश कोसी प्रदेश

कोसी प्रदेशः बाढीपहिरोले क्षति भएको भौतिक संरचना पुनः निर्माण कार्यविधि स्वीकृत

· शुक्रबार, १५ मंसिर, २०८१ मा प्रकाशित
कोसी प्रदेशः बाढीपहिरोले क्षति भएको भौतिक संरचना पुनः निर्माण कार्यविधि स्वीकृत
विराटनगर, मंसिर १५ :

कोसी प्रदेश सरकारले गत असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण क्षति भएका भौतिक संरचना पुनःनिर्माण एवं मर्मतसम्भार सञ्चालन कार्यविधि, २०८१ लाई स्वीकृत गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले उद्योग, कृषि तथा सहकारी मन्त्रालयमार्फत आएको रकम रकमान्तर प्रस्ताव स्वीकृत गरेको सरकारका प्रवक्ता एवं पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले जानकारी दिनुभयो ।

बैठकले खानेपानी तथा ऊर्जा मन्त्रालयमार्फत आएका सुक्खा राहत स्यालो ट्युबेल सिँचाइ विशेष कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ लाई स्वीकृत गर्नुका साथै उक्त योजनाको सम्झौतामा हस्ताक्षर गर्न सोही मन्त्रालयका सचिवलाई कार्य जिम्मेवारी तोक्ने निर्णय भएको सरकारका प्रवक्ता राईले बताउनुभयो ।

यसैगरी, बैठकले प्रदेश सरकारले पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत केचना- कञ्चनजङ्घा पर्यटन विकास समिति गठन, २०८१ सम्बन्धी आएको प्रस्तावलाई स्वीकृत गरेको प्रवक्ता राईले बताउनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार