शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार कला

मङ्सिर २४ देखि काठमाण्डौँमा मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

· बिहीबार, १४ मंसिर, २०८१ मा प्रकाशित
मङ्सिर २४ देखि काठमाण्डौँमा मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने
काठमाण्डौँ , मंसिर १४ :

नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक गरिएको छ ।

बाह्रौँ संस्करणको महोत्सव यही मङ्सिर २४ देखि २७ गतेसम्म चल्ने र नेपालसहित २३ देशका ४७ चलचित्र छनोटमा रहेको महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिनुभयो ।
 
यसपटकको संस्करणमा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त चलचित्रसमेत सहभागी हुन् आएका छन् । मानव अधिकारसँग सम्बन्धित चलचित्रहरुको प्रवद्र्धन र प्रदर्शनका लागि नियमित रुपमा महोत्सव गर्दै आएको निर्देशक खत्रीले बताउनुभयो ।

उहाँले ‘अल वी इमाजिन एज लाईट’, ‘द म्यान हु कुडनट रिमेन्न साइलेन्स’, ‘एन आउटरन’, ‘अनार दाना’,‘ओटिट’लगायतका चलचित्रको सहभागिताले महोत्सवको रौनकता बढाएको बताउनुभयो । 

सन् २००९ मा स्थापना भएको मानव अधिकार चलचित्र केन्द्रले आयोजना गर्ने यस महोत्सवमा मानव अधिकारको पैरवीका लागि विभिन्न अन्तरक्रिया तथा गोष्ठी पनि आयोजना गरिरहेको छ । 

महोत्सव काठमाण्डौँको चलचित्र विकास बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार