शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

आजदेखि जलवायुसम्बन्धी एसिया प्रशान्त क्षेत्रस्तरीय सम्मेलन सुरु हुदै

· सोमबार, ४ मंसिर, २०८१ मा प्रकाशित
आजदेखि जलवायुसम्बन्धी एसिया प्रशान्त क्षेत्रस्तरीय सम्मेलन सुरु हुदै
काठमाण्डौं, मंसिर ४ :

आजदेखि तीनदिने एसिया प्रशान्त क्षेत्रस्तरीय सम्मेलन नेपालमा हुने भएको छ ।

पूर्वाधार विकासलाई दिगो तथा वातावरणमैत्री बनाउन नवीनतम् प्रविधिको उपयोग गरी जल, वातावरण, आवास, यातायात, पर्यावरण, पूर्वसूचना प्रविधि लगायतका विशिष्टीकृत विषयमा परामर्श गर्न सम्मेलन आयोजना गर्न लागिएको आयोजक सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फम्र्स (स्काएफ) नेपालले जनाएको छ ।

सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका २० भन्दा बढी देशका पाँच सयभन्दा धेरै प्रतिनिधिले भाग लिने स्काएफ अध्यक्ष ठाकुरप्रसाद शर्माले जानकारी दिनुभयो । यसअघि सन् २००९ मा नेपालले  यस्तै अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको उहाँले बताउनुभयो ।

सम्मेलनमा सातवटा अलग अलग विषयमा कार्यपत्र प्रस्तुतिसहित समूहगत छलफल हुने जनाइएको छ । 

तीन दिनसम्म चल्ने कार्यक्रमको सारांश प्रतिवेदन सरकारलाई समेत बुझाइने जनाइएको छ । सम्मेलनलाई विश्वभरिका सम्पूर्ण परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था फिडिकका अध्यक्ष क्याथरिन काराकात्सानीसले पनि सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार