शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

रवि लामिछाने र छविलाल जोशीलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले दियो अनुमति

· आइतबार, ३ मंसिर, २०८१ मा प्रकाशित
रवि लामिछाने र छविलाल जोशीलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले दियो अनुमति
काठमाडौँ, मंसिर ३ :

रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संंस्थाको रकम अपचलन सम्बन्धि उजुरीमाथि अनुसन्धान गर्न प्रहरीले अदालत समक्ष पक्राउ गर्न अनुमति मागेको थियो । 

प्रहरीले आजै पक्राउ अनुमति मागेको र अदालतले पनि पक्राउ अनुमति दिएको जिल्ला अदालतका एकजना अधिकारीले दिएका छन ।

यसैगरी लामिछानेसहित पूर्व डिआईजी छविलाल जोशीलाई पनि जिल्ला अदालत काठमाडौँले पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको छ ।

लामिछाने र जोशी दुबै जना अहिले सहकारीको रकम अपचलन सम्बन्धी अनुसन्धानको क्रममा कास्की प्रहरीको हिरासतमा छन । 

दुबै जनालाई रुपन्देही जिल्ला अदालतले पनि बयान लिएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार