शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति

· शनिबार, २ मंसिर, २०८१ मा प्रकाशित
प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति
काठमाण्डौं, मंसिर २ :

नेकपा एमालेले भारतीय पत्रिका द हिन्दु पत्रिकालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले ‘चाइना कार्ड’बारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सरकारका बारेमा गरेको टिप्पणीमा चाइना कार्ड शब्द प्रयोग गरेको भन्दै नेकपा एमालेले कडा निन्दा गरेको छ ।

भारतीय पत्रिका ‘द हिन्दु’ पत्रिकाका लागि दिएको अन्तरवार्तामा अध्यक्ष  प्रचण्डले ‘चाइना कार्ड’ बारे अभिव्यक्ति दिएका थिए ।

नेकपा एमाले परराष्ट्र विभागका प्रमुख रघुवीर महासेठले आज विज्ञप्ति जारी गर्दै प्रचण्डले हिन्दुसँगको अन्तर्वार्तामा गरेको टिप्पणी फिर्ता गर्न र जनतासँग माफी माग्न समेत भनिएको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चाइना कार्ड’प्रयोग गरी चीन भ्रमणको निर्णय गरी अपरिपक्वता देखाएको भनेर गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको कुरा उल्लेख गरिएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार