शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

बेलायतमा निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रस्तावित राजदूत घिमिरेको प्रतिबद्धता

· शनिबार, २ मंसिर, २०८१ मा प्रकाशित
बेलायतमा निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रस्तावित राजदूत घिमिरेको प्रतिबद्धता
काठमाण्डौँ , मंसिर २ :

बेलायतका लागि प्रस्तावित राजदूत चन्द्रप्रसाद घिमिरेले अधिकभन्दा अधिक मुलुकका निर्यातजन्य सामग्रीको व्यापार बेलायतमा अभिवृद्धि गर्न आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  

धरान सरोकार समाजले आज गरेको कार्यक्रममा श्री घिमिरेले आर्थिक कूटनीति, प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, बेलायतबाट उच्च पदस्थ अधिकारीलाई नेपाल भ्रमणमा ल्याएर पारस्परिक सम्बन्धलाई नयाँ तहमा पुर्याउने र भूतपूर्व गोर्खा सैनिक सम्बन्धी विषयलाई निष्कर्षमा पुर्याउन हरतरहले प्रयास गर्ने बताउनुभयो । 

पूर्वसञ्चार राज्यमन्त्री कृष्णकुमार राई, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्य, नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष महेशकुमार अग्रवाल, समाजका कार्यवाहक अध्यक्ष डा महेन्द्र सुब्बा, सदस्य सन्दीप भण्डारीलगायत काठमाडौँलाई कार्यस्थल बनाएर लामो समयदेखि यहाँ रहेका धरानका बासिन्दाले नेपाल- बेलायत सम्बन्ध विस्तारमा प्रस्तावित राजदूत घिमिरेको सफल कार्यकालको कामना गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार