शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

दार्चुलामा जिप दुर्घटना, छ जनाको मृत्यु

· शुक्रबार, १ मंसिर, २०८१ मा प्रकाशित
accident-nepali
बैतडी ।, मंसिर १ :

दार्चुलामा जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ ज ३३८ नम्बरको जिप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका- ५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो । 

दुर्घटनास्थलमा छ जनाको मृत्यु भएको र अन्य  ६ जना घाइते भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो । जात्रा हेरेर फर्किएकाहरू सवार दुर्घटनामा परेको उहाँले बताउनुभयो ।  

घाइते सबैको अवस्था गम्भीर रहेको जानकारी दिँदै उहाँले  मृतकको सनाखत हुन बाँकी रहेको बताउनुभयो। घाइतेहरूलाई गोकुलेश्वर अस्पताल पठाइएको छ ।

दुर्घटनाको कारण र जिपमा कतिजना सवार थिए खुल्न  सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार