शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

लैङ्गिक हिंसा रोकथाम गर्न स्थानिय तहमा एकीकृत सेवा पहुँच परियोजना स्थापना 

· बिहीबार, ३० कात्तिक, २०८१ मा प्रकाशित
लैङ्गिक हिंसा रोकथाम गर्न स्थानिय तहमा एकीकृत सेवा पहुँच परियोजना स्थापना 
काठमाण्डौँ , कात्तिक ३० :

सरकारले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यकामा सक्रियता बढाएको छ । 

महिला, बालकालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना स्थापना गरेको छ ।

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तर्गत विभिन्न कार्यक्रम सुरु भएको छ । 

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना लागू भएका पालिकाहरू धनकुटा नगरपालिका, उर्लाबारी नगरपालिका र मेचीनगर नगरपालिकामा परियोजना कार्यान्वयन युनिट स्थापना गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले जानकारी दिनुभयो । 

त्यसैगरी मन्त्रालयले राष्ट्रिय लैङ्गिक परीक्षण ‘म्यानुअल’ को मस्यौदा तर्जुमाको कार्य अगाडि बढाएको छ । मन्त्री सुडीले पछिल्लो चार महिनामा लैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) नियमावली, २०६७ बमोजिम औषधि उपचार, कानुनी परामर्श, मनोसामाजिक परामर्शका लागि तत्काल उद्धार तथा राहतबाट ११ जना र अदालतको फैसलाबाट ६३ जनालाई क्षतिपूर्ति उपलब्ध गराइएको जानकारी दिनुभयो । 

त्यसैगरी मन्त्रालयले हिंसापीडित महिला तथा किशोरीलाई सुरक्षित रुपमा पुनःस्थापना गर्न राष्ट्रियस्तरको ‘मङ्गला- सहाना दीर्घकालीन पुनःस्थापना केन्द्र’ सञ्चालन तथा व्यवस्थापन गरेको छ । बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१ निर्माणको अन्तिम चरणमा रहेको मन्त्री सुडीले बताउनुभयो । 

महिला समुत्थान परियोजना कार्यान्वयनका लागि सङ्घीय र लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेश सरकारबीच साझेदारी सम्झौता सम्पन्न भएको छ ।

यस परियोजना माफर्त लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका विभिन्न १५ प्रहरी ईकाइ भित्र महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र तीन स्थानमा प्रादेशिक दीर्घकालीन पुनःस्थापना केन्द्र निर्माण भइरहेको मन्त्री सुडीले  बताउनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार