शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

नियमनकारी निकायले प्राधिकरणको बिललाई स्वीकृत गरेको छ : कुलमान घिसिङ

· बुधबार, २९ कात्तिक, २०८१ मा प्रकाशित
नियमनकारी निकायले प्राधिकरणको बिललाई स्वीकृत गरेको छ : कुलमान घिसिङ
काठमाण्डौं, कात्तिक २९ :

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौताको सन्दर्भमा सरकारको निर्णयअनुसार अब १५ दिन पर्खिने बताएका छन् ।

बुधवार प्राधिकरणको कार्यालयका आयोजित पत्रकार सम्मेलनमा घिसिङले मन्त्रिपरिषद् बैठकको उद्योगहरूमा काटिएको बिजुली जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्देशन बमोजिम नै  आफूहरूले कार्यान्वयन अघि बढाउन थालिएको बताएका छन् ।अबको १५ दिनभित्र उद्योगको बक्यौता उठेन भने उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी समेत दिएका छन् ।

त्यसैगरी कार्यकारी निर्देशक घिसिङले ट्रक तथा डेडिकेटेड विद्युत् महसुल बक्यौताको सम्बन्धमा प्रधिकरणले जारी गरेको बिललाई नेपाल विद्युत् प्राधिकरणको नियमनकारी निकायले समेत स्वीकृत गरेको पत्रकार सम्मेलनमा बताएका छन् ।

आयोगले प्राधिकरणले जारी गरेको बिलको पहिलो किस्ता तिरेपछि मात्रै लाइन जोड्न निर्देशन दिएको भन्दै अरू निकायले निर्देश दिने काम उपयुक्त नभएको समेत घिसिङले बताएका छन् । हाम्रो कानुनी संरचना भनेको नियमन आयोग हो र अदालतहरू नै हो कार्यकारी घिसिङको भनाई छ ।

बक्यौता विद्युत् महसुल उठाउने विषय अब विद्युत् प्राधिकरण,मन्त्रालय वा सरकारको विषय मात्रै नभएको भन्दै कार्यकारी निर्देशक घिसिङले मिडिया तथा जनता एवं सर्वसाधारणको तहमा पुगिसकेको समेत बताएका छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार