शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

मेची-महाकाली राष्ट्रिय उद्धार अभियानका क्रममा २३१ जनाको उद्धार, अभियान भक्तपुर आइपुग्यो

· बुधबार, २९ कात्तिक, २०८१ मा प्रकाशित
मेची-महाकाली राष्ट्रिय उद्धार अभियानका क्रममा २३१ जनाको उद्धार, अभियान भक्तपुर आइपुग्यो
भक्तपुर, कात्तिक २९ :

वि.सं २०८२ भित्र नेपाललाई सडक मानवमुक्त घोषणा गर्ने लक्ष्यका साथ मानव सेवा आश्रमले गत असोज २६ गतेबाट सुरु गरेको ‘मेची- महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान- २०८१’ मङ्गलबार भक्तपुर आइपुगेको छ ।

यसवर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकमा भन्ने नाराका साथ सुरु भएको अभियानको टोलीलाई भक्तपुरमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वको टोलीले स्वागत गरेको छ ।

मानव सेवा आश्रम र आनी छोयिङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजना सुरु अभियानमा आजसम्म देशभरबाट एक सय ७३ जना पुरुष, ४९ जना महिला र नौ बालबालिका सहित कूल २३१ जनाको उद्धार गरिएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।

संस्था स्थापना भएको १२ वर्षमा पुरुष छ हजार छ सय ३७, महिला चार हजार ८२ गरी १० हजार सात सय २२ जनाको उद्धार गरिएको छ । साथै दुई हजार तीन सय ३६ पुरुष र एक हजार आठ सय ६५ महिला गरी कूल चार हजार दुई सय एक जनाको पारिवारिक पुनः मिलन गराएको अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।

आश्रममा हाल एक हजार एक सय २१ पुरुष र सात सय ६९ महिला गरी कूल एक हजार आठ सय ९० जना आश्रित रहेको उहाँले बताउनुभयो । आश्रमले २७ जना भारतीय नागरिकलाई उद्धार गरी भारतमै पारिवारिक पुनः मिलन गराउन सफल भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार