शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

मर्दी हिमालमा हराएका पथप्रदर्शक तामाङको शव भेटियो

· बुधबार, २९ कात्तिक, २०८१ मा प्रकाशित
मर्दी हिमालमा हराएका पथप्रदर्शक तामाङको शव भेटियो
काठमाण्डौं, कात्तिक २९ :

कास्कीको छापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका पथप्रदर्शक लालबहादुर तामाङको शव भेटिएको छ ।

काठमाडौँको सनराइज कम्पनीबाट मर्दी आरोहणका लागि एक विदेशी र चार नेपाली कात्तिक २३ गते बिहान मर्दी आधार शिविरबाट हिँडेका थिए ।

सोही क्रममा हिमाल चढ्ने क्रममा मुख्य पथप्रदर्शक नुवाकोटको काल्चे–१ का ६२ वर्षीय लालबहादुर तामाङ कात्तिक २५ गते दिउँसो लडेर सम्पर्कविहीन भएका थिए । हिजो बिहान हेलिकोप्टरबाट शव रहेको ठाउँ पत्ता लागेपछि दिउँसो शव निकाल्ने प्रयास गरिएपनि  निकाल्न भने सकिएन ।

शव अप्ठ्यारो स्थानमा भएकाले निकाल्न नसकिएपछि शव निकाल्न गएको शेर्पासहितको टोली होलिकोप्टरबाटै पोखरा फर्किएको बताईएको छ । आज फेरि शव निकाल्ने प्रयास गरिने बताईएको छ ।  

तामाङ सम्पर्कविहीन भएको स्थान समुद्री सतहदेखि पाँच हजार चार सय मिटरको उचाइमा रहेको छ ।
 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार