बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति प्रदेश बागमती प्रदेश

बागमतीमा गरिबी निवारण मन्त्रालय थप, मन्त्रालयको सङ्ख्या १४ पुग्यो

· मंगलबार, २८ कात्तिक, २०८१ मा प्रकाशित
बागमतीमा गरिबी निवारण मन्त्रालय थप, मन्त्रालयको सङ्ख्या १४ पुग्यो
मकवानपुर, कात्तिक २८ :

बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या बढाएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेको १३ मन्त्रालयलाई विभाजन गरी १४ मन्त्रालय बनाएको हो ।

मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या थप गरी मन्त्रिपरिषद्को कार्यविभाजन स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।

बैठकले प्रदेशमा सहकारी तथा गरिबी निवारण मन्त्रालय खडा गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री बहादुर सिंह लामाले कार्यविभाजन अनुसार उक्त मन्त्रालयमा मन्त्रीको जिम्मेवारी तोक्ने जनाइएको छ ।

बागमती प्रदेशमा विगत ११० दिनदेखि एक विना विभागीय मन्त्री कायम रहेका छन् । गत साउन ९ मा मुख्यमन्त्री लामाले नियुक्त गरेका एक मन्त्रीले जिम्मेवारी पाउन सकेका छैनन् । 

साउन १२ मा सरकारलाई पूर्णता दिएर साउन १५ मा विश्वासको मत लिँदै सरकार सुरक्षित गर्नुभएका उहाँले प्रदेशको १३ मन्त्रालयमा काँग्रेसका ७ र एमाले ६ मन्त्री नियुक्त गर्नुभएको थियो। जसमा काँग्रेसका मदुकुमार श्रेष्ठले जिम्मेवारी पाउनु भएको थिएन।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार