शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद

खेलकुदलगायतका क्षेत्रमा चीनको सहयोग सराहनीयः राखेप सदस्य- सचिव

· सोमबार, २७ कात्तिक, २०८१ मा प्रकाशित
खेलकुदलगायतका क्षेत्रमा चीनको सहयोग सराहनीयः राखेप सदस्य- सचिव
काठमाण्डौँ , कात्तिक २७ :

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य- सचिव टङ्कलाल घिसिङले चीन सरकारले नेपालको खेलकुद लगायत विभिन्न क्षेत्रमा गरेको सहयोग सराहनीय रहेको बताउनुभएको छ ।

चीनको युनान प्रदेश खेलकुद प्रशासनका निर्देशक याङ झोङ हुआसहितको प्रतिनिधिमण्डलसँग आज त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा सदस्य- सचिव घिसिङले चीन सरकारले खेलकुद सहित नेपालको विभिन्न क्षेत्रमा गर्दै आएको सहयोग प्रशंसनीय र सराहनीय रहेको उल्लेख गर्नुभएको हो ।

यसले नेपाल र चीनबीच रहँदै आएको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।

सदस्य- सचिव घिसिङले दुई देशबीच खेलकुदका क्षेत्रमा दिगो हिसाबले सहकार्य गर्नका लागि छलफल र गृह कार्यगरी अगाडि बढ्न तयार रहेको जानाउँदै राखेपलाई खेल सामाग्री र खेलकुद विज्ञान ‘रिसर्च ल्याब’ का लागि सामग्री सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।

निर्देशक याङसहितको प्रतिनिधिमण्डल पोखरामा भएको ‘क्रस कन्ट्री’ दौडका लागि नेपाल आएको थियो । सोही कार्यक्रमका दौरान निर्देशक याङले राखेपलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

निर्देशक याङले नेपालसँग खेलकुद, पर्यटन र सांस्कृतिक क्षेत्रमा विशेषगरी युवा लक्षित कार्यक्रममा सहकार्य गर्न चाहेको बताउँदै युनान भ्रमणका लागि निमन्त्रणा गर्नुभयो । 

उहाँले यो कार्यका लागि दूतावासको समन्वयमा छलफल गरेर अगाडि बढ्न सम्झौता गर्नुपर्नेमा जोड दिँदै ‘आउटडोर स्पोर्ट्स’ का लागि युनान एक उत्कृष्ट स्थल भएको बताउनुभयो ।

भेटका दौरान नेपालका लागि चीन दूतावासका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो । भेटपछि निर्देशक याङसहितको प्रतिनिधिमण्डल स्वदेश फर्कन त्रिपुरेश्वरबाटै विमानस्थल गएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार