बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
शिक्षा

मौका परीक्षा सकिएको दुई हप्ताभित्रै नतिजा प्रकाशन 

· सोमबार, २२ साउन, २०८१ मा प्रकाशित
tu-university
काठमाडौँ, साउन २२ :

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले मौका परीक्षाको नतिजा परीक्षा सकिएको दुई हप्ताभित्रै प्रकाशन गरेको छ । कार्यालयले मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तह प्रथम वर्षको मौका परीक्षाको नतिजा प्रकाशित गरेको हो।

वार्षिक कार्यक्रम अन्तर्गतको मौका परीक्षा साउन २ देखि ९ गतेससम्म सञ्चालन भएको थियो ।

कार्यालयले प्रथम वर्षको अंग्रेजी, नेपाली, इतिहास, ग्रामीण विकास, समाजशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र लगायतका विषयको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको त्रिविका रजिष्ट्रार प्रा.डा.केदार रिजालले बताउनुभयो ।

त्रिविले कम विद्यार्थी भएकाले यस पटक परीक्षा काठमाडौंमा मात्रै केन्द्र बनाएर सञ्चालन गरेको थियो । यसअघि मौका परीक्षाको नतिजा सार्वजनिक हुन एक वर्षसम्म लाग्ने गरेको थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार