शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको छ : प्रधानमन्त्री ओली

· सोमबार, २७ कात्तिक, २०८१ मा प्रकाशित
संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको छ : प्रधानमन्त्री ओली
काठमाण्डौं, कात्तिक २७ :

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलकोअतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा उहाँले सो अत्यन्त छोटो प्रतिक्रिया दिनुभयो । उहाँ समयको व्यस्तता र अभावका कारण पत्रकारहरुसँग पछि कुरा गर्ने पनि जनाउनुभयो ।

सो अवसरमा प्रधामन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई, सो पार्टीका प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुखहरु, पार्टीका उच्चपदस्थ पदाधिकारीहरु एवं कार्यकर्ताहरुले भव्य स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानद्वारा आयोजना हुने १३औँ दीक्षान्त समारोहका लागि जानुभएको हो  ।


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार