बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति प्रदेश कर्णाली प्रदेश

काँग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगायो

· आइतबार, २६ कात्तिक, २०८१ मा प्रकाशित
काँग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगायो
हुम्ला, कात्तिक २६ :

आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली काँग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ । 

सर्केगाड गाउँपालिका- ८ राहदेवकी सविता बुढालाई नेपाली कांग्रेस जिल्ला कार्य समितिले उम्मेदवार चयन गरेको पार्टीका जिल्ला उपसभापति वसन्त रोकायाले जानकारी दिनुभयो । वि. सं २०७९ को स्थानीय तहको निर्वाचनमा पनि बुढा कांग्रेसबाट आकाङ्क्षी हुनुहुन्थ्यो ।  

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भने हालसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।

यसअघि २०७९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन हुँदा सर्केगाडको अध्यक्षमा ठानबहादुर रोकाया र उपाध्यक्षमा चन्द्रसिंह कार्की निर्वाचित हुनुभएको थियो । 

सुर्खेतबाट नेपालगञ्ज जाने क्रममा उपाध्यक्ष कार्कीको दुर्घटनामा परी निधन भएपछि रिक्त उक्त पदका लागि सर्केगाडमा उपनिर्वाचन हुन लागेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार