शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

दुबई पठाइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ

· आइतबार, २६ कात्तिक, २०८१ मा प्रकाशित
दुबई पठाइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ
काठमाण्डौँ , कात्तिक २६ :

वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

धादिङ गङ्गाजमुना गाउँपालिका- ४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका- ८ का गोकर्ण पराजुली पक्राउ परेका हुन् । 

अभियुक्त गुरुङले दुबई पठाइदिन्छु भन्दै तीन जना पीडितबाट १९ लाख ७० हजार र पराजुलीले आठ लाख १७ हजार ठगेका थिए । अभियुक्तहरूलाई वैदेशिक रोजगार विभाग समक्ष पेश गरिएको केन्द्रीय प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार