शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सरकारको पहिलो प्राथमिकतामा

· शनिबार, २५ कात्तिक, २०८१ मा प्रकाशित
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सरकारको पहिलो प्राथमिकतामा
काठमाण्डौँ , कात्तिक २५ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो र आजगरी चारवटा अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान गरेको अवसरमा पर्यटनमन्त्री पाण्डेले आज प्रेस विज्ञप्ति जारी गर्दै आफूले मन्त्री पदको जिम्मेवारी समालेसँगै भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि पहिलो प्राथमिकता राखेको प्रष्ट पार्नुभयो । 

उहाँले दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहयोग गर्नेहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
     
उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यसै हप्ता अन्तर्राष्ट्रिय चार्टड उडान भएको र सो विमानस्थलमा पनि थप उडानका लागि प्रयासहरू भइरहेको जानकारी दिनुभयो ।
 
मन्त्री पाण्डेले ठूलो पुँजी लगानी गरेका विमानस्थल पूर्णरूपमा सञ्चालनका लागि त्यससँग जोडिएका यातायात होटल तथा अध्यागमन श्रम लगायत अन्तरसम्बन्धित (इन्टर लिङ्क) पूर्वाधारहरूको विकास हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो । 

ती सम्पूर्ण पूर्वाधार निर्माण, यात्रु तथा विमान कम्पनीहरू अभ्यस्त हुन केही समय लाग्नसक्ने भन्दै उहाँले यी तमाम कामलाई चरणबद्ध रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

पर्यटनमन्त्री पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थल जस्तो बृहत् विकास परियोजना पूर्ण क्षमता सञ्चालनमा आउन केही समय लाग्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार