शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

मोटरसाइकलको ठक्करबाट शिशुको मृत्यु

· शुक्रबार, २४ कात्तिक, २०८१ मा प्रकाशित
प्युठान, कात्तिक २४ :

प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको मृत्यु भएको छ । 
    
ऐरावती गाउँपालिका- ४ कैरनबाट प्युठान नगरपालिका- १ चेरनेटातर्फ आउँदै गरेको प्रदेश ०३- ००७ प ३३०७ नं को मोटरसाइकलले हिजो साँझ ठक्कर दिँदा मल्लरानी गाउँपालिका- ५ धुदी बस्ने सुजल भण्डारीको तीन महिनाको छोरा श्रीजल भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो । 
    
शिशुलाई हजुरआमा नाता पर्ने ४५ वर्षीया नारायणी कुँवरले बोकेको र ठक्कर दिँदा साथमा बोकेको नाति खस्न गई घाइते भएका थिए । 

घाइते शिशुको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्युठान नगरपालिका- १ चेरनेटा बस्ने २३ वर्षीय विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार