शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

मुग्लिङमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो

· शुक्रबार, २४ कात्तिक, २०८१ मा प्रकाशित
मुग्लिङमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो
चितवन, कात्तिक २४ :

नारायणगढ मुग्लिङ सडकको सत्र किलोमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । 

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका थप एक जना घाइतेको मृत्यु भएपछि मर्नेको सङ्ख्या पाँच पुगेको हो । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका विद्युतीय गाडीका चालक चितवन खैरहनी नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय अनोज अधिकारीको उपचारकै क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्र किलोमा शुक्रवार बिहान ३ बजे मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र.०६- ००१ज ०२९८ नम्बरको  विद्युतीय गाडी र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा. प्र.  ०३- ००१ ख २८१२ नम्बरको को बस एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । 

दुर्घटनामा परी मृत्यु हुनेमध्ये तीन जनाको अझै सनाखत हुन सकेको छैन । मृतक एक जना गोरखा आरुघाटका ४० वर्षीय राजबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । 

विद्युतीय सवारी साधनमा सवार गर्ने नाम वतन नखुलेका एक जना घाइतेको अहिले पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँको अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ ।

दुर्घटना के कारणले भयो भन्ने अझै यकिन कारण खुल्न नसकेपनि माइक्रोका चालक निदाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार