शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

बिर्तामोडमा आगलागी हुँदा १० लाख बराबरको क्षति

· शुक्रबार, २४ कात्तिक, २०८१ मा प्रकाशित
बिर्तामोडमा आगलागी हुँदा १० लाख बराबरको क्षति
झापा, कात्तिक २४ :

बिर्तामोड नगरपालिकामा गए राति आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ ।

बिर्तामोड- ८ प्याकुरेल चोकका शिवलाल गौतमको भान्सा कोठामा अचानक आगलागी हुँदा झण्डै १० लाख क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

आगलागीबाट भान्सा पूर्ण रूपमा जलेर नष्ट भएको छ भने एक स्कुटरसमेत जलेको छ । आगलागीबाट घरको दक्षिणतर्फको बरण्डाको भागसमेत जलेर क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगो निभाउने क्रममा सोही स्थानका मोहन तिमल्सिनाको हात, खुट्टा, गाला र ढाडमा सामान्य पिल्सिएको छ । स्थानीय मेडिकलमा सामान्य उपचारपछि उहाँलाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार