शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

धार्के- सितापाईला सडक खण्ड भोलिदेखि १५ दिन बन्द हुने

· बिहीबार, २३ कात्तिक, २०८१ मा प्रकाशित
धादिङ, कात्तिक २३ :

निर्माणाधीन अवस्थामा रहेको धार्के सितापाईला सडक खण्ड भोलिदेखि पन्ध्र दिनको लागी बन्द हुने भएको छ ।

सडकमा बाँकी रहेको स्थानमा भोलिबाट कालोपत्रे सुरु गरिने भएकोले सो सडक बन्द गरिने भएको हो ।

डिभिजन सडक कार्यालय नुवाकोटले सूचना जारी गर्दै अत्यावश्यक सवारीका साधन बिरामी बोकेका  एम्बुलेन्स , प्रहरीका सवारी साधनबाहेक सबै सवारी बन्द गरिने भएको जनाइएको छ ।

सो सडक भएर राजधानी प्रवेशका लागी आउने सवारीका साधनहरूलाई वैकल्पिक सडकको प्रयोगका लागी समेत जिल्ला प्रशासन कार्यालय धादिङले अनुरोध गरेको छ ।

काठमाडौँ प्रवेश गर्न वैकल्पिक सडकको रूपमा धार्के- नौबिसे- नाग ढुङ्गा सडक र गल्छी- विदुर- छहरे- टोखा सडक प्रयोग गर्न धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले यात्रुहरूलाई आग्रह गर्नु भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार