शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

छठ पर्वका लागि नदी किनारहरुमा तयारी गरिदै(दृश्यसहित)

छठको दोस्रो दिन गरियो खरना
· बुधबार, २२ कात्तिक, २०८१ मा प्रकाशित
छठ पर्वका लागि नदी किनारहरुमा तयारी गरिदै(दृश्यसहित)
काठमाण्डौं, कात्तिक २२ :

छठ पर्वको मुख्य व्रत विधि सुरु भएको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा आज सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाइ बर्तालुले प्रसादस्वरुप खाएका छन् ।

छठ पर्वको दोस्रो दिन आज खरना गरी नुन नखाई एक छाक फलाहार गरिन्छ ।

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बसेपछि छठको मुख्य व्रत विधि सुरु हुन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि रहेको छ । यो पर्वको मुख्य दिन कात्तिक २२ गते बिहीबार परेको छ ।

कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्मअर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र,कमलपोखरीलगायत वाग्मती,नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ ।

छठका वर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि शुद्ध भएर बस्ने गर्छन् । केही वर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्टअर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि लसुन,प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखोअर्थात् सात्विक भोजन गरेर बस्छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार