छठ पूजाको पूर्वसन्ध्यामा वीरगञ्जको मिनाबजार क्षेत्रमा छठ पर्वका लागि आवश्यक पर्ने सामग्री किनमेल गर्ने सर्वसाधारणको घुइँचो लागेको छ । बिहानदेखि छठका लागि आवश्यक पर्ने पूजाका सरसमान किन्नेको भीड लागेको हो।
त्यस्तै, छठ पर्वका लागि पूजाका सामग्री किनमेल गर्न सिरहाको ठाडी भन्सार नजिक रहेको भारत विहार राज्यको लौकहा बजार जाने नेपालीहरूको भीड लागेको छ ।
छठ पर्वका लागि धनुषाको महेन्द्रनगर बजारमा उखु खरिद बिक्री गर्दै किसान र सर्वसाधारण। छठ पर्वमा उखु अनिवार्य प्रसादको रूपमा चढाउने चलन रहेको छ ।
छठ पूजाका लागि सप्तरीको राजविराजको हटियामा बिक्रीमा राखिएको बाँसबाट निर्मित सामग्री खरिद गर्दै सर्वसाधारण ।