शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

सबै नेपालीमा उमङ्ग छाओस्:प्रधानमन्त्री ओली

· आइतबार, १९ कात्तिक, २०८१ मा प्रकाशित
सबै नेपालीमा उमङ्ग छाओस्:प्रधानमन्त्री ओली
काठमाण्डौं, कात्तिक १९ :

प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएकाले यस अवसरवमा सबै नेपालीमा उमङ्ग छाओस् भन्नुहुँदै शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले भाइटीकाको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख,शान्ति र उमङ्गको कामना गर्दै भाइटीकाले दिदीबहिनी र दाजुभाइबीच थप स्नेह जागृत गर्ने विश्वास लिनुभएको छ ।

भाइटीकाका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले तिहार सबैकाे जीवनमा उज्यालो छर्ने चाड भएको उल्लेख गर्नुभयो ।  

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ:

“यस वर्षको तिहारको आज अन्तिम दिन,दिदीबहिनी र दाजुभाइबीचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान् पर्व भाइटीका, समस्त दिदीबहिनी तथा दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस्,सबैमा सुस्वास्थ्य,सुख, ]शान्ति र उमङ्गको कामना,सबैलाई भाइटीकाको शुभकामना ।”
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार