शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष सैँजुको निधन

· बुधबार, १५ कात्तिक, २०८१ मा प्रकाशित
काठमाण्डौँ , कात्तिक १५ :

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मोहनमान सैँजुको ८३ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि पार्किनसन रोगसम्बन्धी समस्या झेल्दै आउनुभएका सैँजुको सानेपास्थित आफ्नै निवासमा निधन भएको उहाँको छोरी मीता प्रधानले जानकारी दिनुभयो । 

उहाँले अमेरिकाका लागि नेपाली राजदूत, गरिबी निवारण कोषको उपाध्यक्ष, राष्ट्रिय योजना आयोगको सदस्य, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष तथा सेडाको प्रमुख विशेषज्ञ भई काम गर्नुभएको थियो । सुप्रवल गोर्खा दक्षिण बाहु, महेन्द्र विद्या भूषणबाट उहाँ सुशोभित हुनुहुन्थ्यो । 

पूर्वराजदूत सैँजुका आर्थिक, सामाजिक तथा विकास नीतिसम्बन्धी एक सय ५० भन्दा धेरै लेख विभिन्न पत्रपत्रिकामा अङ्ग्रेजी तथा नेपाली भाषामा प्रकाशित छन् । श्रीमती, एक छोरा, एक छोरी हुनुहुन्छ ।

उहाँको शुक्रबार अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार