शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

रेड पान्डाको छालासहित एक जना पक्राउ

· बुधबार, १५ कात्तिक, २०८१ मा प्रकाशित
रेड पान्डाको छालासहित एक जना पक्राउ
काठमाण्डौँ , कात्तिक १५ :

काठमाडौँ महानगरपालिका- २६ गोङ्गबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेड पाण्डाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङको वरेङ गाउँपालिका- ३ घर भई काठमाडौँ महानगरपालिका स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनलाई दुईवटा रेड पाण्डाको छालासहित पक्राउ गरेको हो । उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार