शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

नेपाल संवत्लाई प्रवर्द्धन गर्न कूटनीतिक नियोगलाई आग्रह

· बुधबार, १५ कात्तिक, २०८१ मा प्रकाशित
नेपाल संवत्लाई प्रवर्द्धन गर्न कूटनीतिक नियोगलाई आग्रह
काठमाण्डौँ , कात्तिक १५ :

नेपाल संवत् ११४५ मूल समारोह समितिले नेपाल संवत्को मौलिकता एवं महत्वलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न कूटनीतिक नियोगलाई आह्वान गरेको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुने नेपाल संवत्लाई प्रचारप्रसार लगायत कार्य गर्न समितिले विदेशस्थित नियोगलाई आग्रह गरेको हो । 

समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ९३७ सालमा गरिब जनताको ऋणमोचन गराई प्रचलनमा ल्याएको नेपाल संवत्को मौलिकता एवं महत्वलाई संरक्षण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न सबै नियोगलाई अनुरोध गरिएको जानकारी दिनुभयो । 

उहाँले नेवार समुदायले देशभर विविध कार्यक्रम गरी नयाँ वर्षका रूपमा मनाउने संवत् नेपालबाट सुरु भएकाले प्रयोगलाई व्यापक रूपमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

समितिले यही कात्तिक १७ गते वसन्तपुरमा आयोजना गर्ने मूल समारोहमा सहभागी हुन मातहतका  सम्बन्धित सङ्घसंस्थालाई आफ्नो स्थानबाट परम्परागत बाजा, झाँकी र सांस्कृतिक पहिरन सहित मूल समारोहमा सहभागी हुन निर्देशन दिएको छ । उक्त समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

वि. सं २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले साख्वाः लाई राष्ट्रिय विभूति घोषणा गरेको थियो भने २०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपाल संवत्लाई राष्ट्रिय मान्यताको घोषणा गरेको थियो । 

समितिद्वारा अन्तरक्रिया, गोष्ठी, शुभकामना आदानप्रदानलगायत कार्य गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार