शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

निर्मला कुर्मीको न्याय माग्दै प्रदर्शनरत रुबी खानसँग सहमति, आन्दोलन स्थगित

· मंगलबार, १४ कात्तिक, २०८१ मा प्रकाशित
निर्मला कुर्मीको न्याय माग्दै प्रदर्शनरत रुबी खानसँग सहमति, आन्दोलन स्थगित
काठमाण्डौँ , कात्तिक १४ :

निर्मला कुर्मीको न्याय माग्दै प्रदर्शन गर्दै आएकी रुबी खानसँग सरकारले तीन बुँदे सहमति गरेको छ। 

आज गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋृषिराम तिवारी, उपसचिव दिलकुमार तमाङ र रूबी खानबीच माइतीघर मण्डलमा सहमति भएको हो।

निर्मला कुर्मीको मुद्दालाई कानुनी प्रक्रियामा अगाडि बढाउनुपर्ने भन्दै उनीहरू जेठ २५ गतेदेखि काठमाडौँ माइतीघर मण्डला सहित विभिन्न ठाउँमा प्रदर्शन गर्दै आइरहेका छन्।

सहमतिअनुसार कुर्मी प्रकरणको शीघ्र निरुपणका लागि प्रहरी प्रधान कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने निर्णय भएको छ । 

माग सम्बोधन भएसँगै उनीहरूले प्रदर्शन स्थगित गर्ने बताएका छन्। 

निर्मला कुर्मी बेपत्ता प्रकरणमा अनुसन्धानको विषयलाई लिएर सरकारले खानसँग यसअघि चार पटक सहमति गरिसकेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार