शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद फुटबल

नेपाल- बङ्गलादेशबीच भोलि हुने फाइनल खेलको टिकट बिक्री स्थगित

· मंगलबार, १४ कात्तिक, २०८१ मा प्रकाशित
नेपाल- बङ्गलादेशबीच भोलि हुने फाइनल खेलको टिकट बिक्री स्थगित
काठमाण्डौँ , कात्तिक १४ :

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत भोलि हुने फाइनल खेलको टिकट बिक्री स्थगित गरेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भोलि बेलुका साढे ६ बजे हुने नेपाल र बङ्गलादेशबीचको फाइनल खेलको टिकट अर्को सूचना नआएसम्मका लागि स्थगित भएको एन्फाले जनाएको हो। 

अस्ति आइतबार भएको दोस्रो सेमिफाइनलमा नेपाल र भारतबीचको खेल हेर्न आउने दर्शकको सङ्ख्या रङ्गशालाको क्षमताभन्दा बढी भएको जनाइएको छ ।

त्यसै कारण खेलाडी एवम् दर्शकको सुरक्षाका लागि तत्कालका लागि टिकट बिक्री स्थगन गरेको एन्फाले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार